image
image
साढे ३० अंकले घट्यो नेप्से परिसूचक

साढे ३० अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ११ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १० करोडमाथिको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, समाज लघुवित्त वित्तीय संस्था र सुपरमाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।