image
image

आजको फलफूल तथा तरकारीको बजार मूल्य कति ?


काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २३०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २८, लौका ४०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
 
लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १०० र पुदीना ४५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ३५, भिण्डी १०० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।