image
image
सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन खुला

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन खुला

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

 हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् । सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।