image
image
आज सामान्य अंकले बढ्यो नेप्से परिसूचक

आज सामान्य अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।  आज नेप्से परिसूचक ५ दशलमव ९१ अंकले बढेर २,०७६ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १११ कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइ कमर्सियल बैंकको ११ करोड ६४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कमपनी, बोटलर्स नेपाल बालाजू र पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।