युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आजअन्तिम दिन रहेकाले आजै लाभांश हात पार्न सेयरधनी बनिसक्नुपर्नेछ । युनाइटेड इदी मर्दीले शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ ।
साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।









