image
image
अर्थतन्त्रमा समस्या हुँदा यसको प्रत्यक्ष प्रभाव बैंकहरुमा परेको छ : सिईओ ढुंगाना

अर्थतन्त्रमा समस्या हुँदा यसको प्रत्यक्ष प्रभाव बैंकहरुमा परेको छ : सिईओ ढुंगाना

काठमाडौं । अर्थतन्त्रमा समस्या हुँदा यसको प्रत्यक्ष प्रभाव बैंकहरुमा परेको  नविल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले बताएका छन्।सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ(फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन।

उनले भने विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ।अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए।

अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्। प्रमुख अतिथि डा निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरिन्। कार्यक्रमको सहआयोजक नेपालकै नीजि क्षेत्रको पहिलो बैंक नविल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।