image
image
६ खर्ब ३२ अर्ब नाघ्यो जीवन बीमा कोषको आकार

६ खर्ब ३२ अर्ब नाघ्यो जीवन बीमा कोषको आकार

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ६ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ३२ अर्ब ३० करोड ५१ लाख ९८ हजार रुपैयाँ सञ्चित भएको छ ।

विसं २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ५ खर्ब ६५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । चालु आवको ६ महीना अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशत अर्थात ६७ अर्ब १७ करोडले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेपाल लाइफको बीमा कोषको आकार सबैभन्दा धेरै छ । कम्पनीले पुस मसान्तसम्ममा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । जुन २०८० असार मसान्तको तुलनामा १०.९६ प्रतिशत धेरै हो ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआइसी० नेपालको जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत असारमा १ खर्ब १ करोड ६३ लाख रहेकोमा ११.९७५ बढेको हो । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि बीमा कोषको आकार ६.८०५ ले वृद्धि गर्दै ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ सञ्चित राखेको छ । कुल जीवन बीमा कोषमा नेपाल लाइफको हिस्सा २९।०५ प्रतिशत बराबर रहेको छ ।

 

समीक्षा अवधिमा हिमालन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा कम्पनीको कोषको आकार १२.२१ प्रतिशत बढेको हो । साथै चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाकोषको आकार पनि १४।०८५ ले बढेको छ । विसं २०८० पुस मसान्तसम्म कम्पनीले कोषको आकार बढाएर ५२ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।