image
image
कुमारी बैंक संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक संस्थापक सेयर बिक्रीमा


काठमाडौं । कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

 कम्पनीको सुचनामा उल्लेख गरे अनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने छ । सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।