image
image
यो साता ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो ?

यो साता ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो ?


काठमाडौं । यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७३ प्रतिशत अर्थात ५६.२० अंक घटेर २००५.८३ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये सबै कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ८ करोडको शेयर कारोबार भएको छ। गत साताको दैनिक औषत कारोबारको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.६३ प्रतिशत अर्थात १ अर्ब कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २०.५७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २.५१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८८ अर्ब घटेर ३१ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने अरु १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.०६ प्रतिशत बढेको छ। गत साता ५७४४.१५ विन्दुमा बन्द भएको नेप्से, यस साता २३२.९९ अंक बढेर ५९७७.१४ विन्दुमा पुगेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९६.२८ अंक घटेको छ।

यस साता नेप्सेमा २ कम्पनीको १ करोड १९ लाख ६४ हजार २५१.३७ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर र घलेम्दी हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४६.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ४४.०७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य १६.१४ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.४५ प्रतिशत घटेको छ। त्यस्तै, यस साता सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य १२.०८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता उन्नती सहकार्य लघुवित्त, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने लाइफ इन्स्योरेन्स कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।