image
image
फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै रिडी पावर

फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै रिडी पावर

काठमाडौं ।  रिडी पावर कम्पनीले यही फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयरका लागि माघ २२ गते बुक क्लोज गरिसकेको रिडीले माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउने जनाएको छ । यसमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

 यसका साथै धितो पत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि सेयर भर्न सकिनेछ ।  हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी थप वृद्धि हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।