image
image
आईपीओ जारी गर्ने तयारीमा  क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स

आईपीओ जारी गर्ने तयारीमा  क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स

काठमाडौं ।  क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने भएको छ । यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । 

कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको हो ।

यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।