image
image
नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ ।

 यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । जसकारण लगानीकर्ताहरुको हात खलीहुने छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

 आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पन्रीले जानाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।
 
तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको संख्या नपुगेकाले सभा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।