image
image
औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल

औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल


काठमाडौं ।  पूर्वको औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल गरिएको छ ।उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघ कार्यसमितिका पदाधिकारीसँग छलफल गरी  औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताका लागि पहल गरेको हो ।

छलफलका क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढ्दै यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने धारणा राखे । 

उनले वर्तमान समयमा उद्योग–व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउँदै समस्या समाधानका लागि संस्थागत एकवद्धतता लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्वन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे । 

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यावसायिक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औल्याए । 

उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको वताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि निजी क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड अध्यक्ष शारडाले दिए । 

यसैगरी, विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको बताए । 

उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यावसायिक क्षेत्र बीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सबलीकरणका लागि सामूहिक रुपमा पहल गरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने वताए ।

कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।