image
image
सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने

सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने


काठमाडौं । सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने भएकोछ । अर्थमन्त्रालय लगायतका सरोकारवाला सरकारी निकायका अधिकारीहरु यतिबेला लगानी सम्मेलनका एजेण्डा र सम्भावित सहभागीहरुको सूची तयार गर्न सक्रिय छन् । केही दिनभित्रै ती काम सकेर दाताहरुलाई सहभागिताको लागि अनुरोध गर्ने र सम्मेलनको लागि आवश्यक तयारी गरिने सरकारी अधिकारीहरु बताए । 

 लगानी सम्मेलनको लागि सरकारले तयारी गरिरहँदा सम्वद्ध विज्ञ र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु मात्रै होइन, कतिपय सरकारी अधिकारीहरु नै पनि सरकारको नियत माथि प्रश्न गरिरहेका छन् । उनीहरुको प्रश्न लगानी सम्मेलन किन आयोजना गरिदैंछ भन्ने बारेमा होइन, स्वदेशी उद्यमी र लगानीकर्तालाई निरुत्साहित गर्ने सरकारी प्रवृत्तिको बारेमा हो । स्वदेशी लगानीकर्तालाई ‘सौताका सन्तान’ जस्तो व्यवहार गरेर विदेशी लगानीकर्तासँग जी, हजुरी गर्ने प्रवृत्तिप्रति हो । त्यसैले यो प्रश्न केवल उद्योगी व्यवसायीको प्रश्न मात्रै होइन, देशको हविगत बुझाउने र सरकारी कार्यशैलीलाई छरपष्ट पार्ने दृष्टान्त पनि हो ।

उद्योगी, व्यवसायीले मात्र होइन, सबैले महसुस गरेको कुरा हो—पछिल्ला केही वर्षयता नेपालमा व्यवसायीक वातावरण खल्बलिएको छ । उद्यमी व्यवसायीहरु पलायन हुने क्रम बढ्दो छ । भूकम्प, नाकावन्दी र कोरोनाले थला परेको आर्थिक क्षेत्रलाई उकास्नको लागि गम्भिर भएर लाग्नु पर्नेमा सरकार कुहिरोको काग जस्तै कता कता अल्मलाइरहेको छ । बरु यो अवधिमा यो वा त्यो वाहानामा उद्योग, व्यवसायी माथिको आक्रमणलाई तीब्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।