प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले अंक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा १.२८ अंक बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ ।
यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । यस सेसनमा १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको सेयर मूल्य घटेको छ।









