बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा
काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’ फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।
सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौं दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२।५५ करोड पुगेको छ । योसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटको रकम उठाइसकेको थियो ।
यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संबिधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।









