कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध माघ १४ बाट आन्दोलन
काठमाडौँ। कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध किसान, कृषि उद्यमी तथा अन्य सरोकारवाला निकायहरूले माघ १४ बाट काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याएर सरकारले स्वदेशी उद्यमीहरूलाई पलायन गर्न खोजेको भन्दै उनीहरूले आन्दोलन गर्न लागेका हुन् ।
आन्दोलनमा किसान, कृषि व्यवसायी तथा उद्यमीसहित विभिन्न १६ ओटा संघसंस्था सहभागी हुने छन । आन्दोलनका लागि नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा संयुक्त संघर्ष समिति समेत गठन भइसकेको बताईएको छ । संघर्ष समितिले अहिले जिल्ला स्तरका कृषि उद्यमी र किसानहरूलाई जागरुक बनाउन हरेक जिल्लामा सरकारको उक्त निर्णयविरुद्ध विरोधका कार्यक्रमहरू थालेको छ । माघ १३ सम्म जिल्लास्तरका सबै कार्यक्रम सकेर माघ १४ गतेदेखि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू थाल्ने संघर्ष समितिका संयोजक शिवराम केसीले जनाएका छन ।
सरकारलाई उक्त निर्णय फिर्ता लिन दबाब स्वरुप आफुहरुले आन्दोलन गर्न लागेको केसीले सुनाए । नेपालमा कृषिजन्य व्यवसायहरु आत्मनिर्भर उन्मुख अवस्थामा रहेकाले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुने उनीहरुको माग छ । सरकारले गत पुस २० मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गर्दै कृषिक्षेत्रमा विदेशी लगानीका लागि बाटो खुला गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार विदेशी लगानी खुला नगरिएका कृषिका प्राथमिक उत्पादनका क्षेत्रलगायत पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, दलहन, तेलहन, र दुग्ध व्यवसायमा विदेशी लगानी खुला गरिएको हो । सरकारले यस्तो निर्णय गरेसँगै कृषि व्यवसायी तथा उद्यमीहरूले सो निर्णयको विरोध गर्दै आएका छन् ।