image
image
बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको  हो । 

आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएकर आएको छ । शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज  १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।