image
image
अम्बानीको 'प्रि-वेडिङ' भारत आएकी रिहान दुइ दिन पनि नवसी फर्किइन्

अम्बानीको 'प्रि-वेडिङ' भारत आएकी रिहान दुइ दिन पनि नवसी फर्किइन्


काठमाडौं । पछिल्लो तीन वर्षदेखि गुजरातको जामनगरमा आयोजना भइरहेको अम्बानी परिवारका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । जहाँ बलिउडदेखि क्रिकेटर, राजनीतिज्ञदेखि लिएर धेरै विदेशी पाहुना पनि सहभागी भइरहेका छन् ।

 उत्सवका तस्बिर र भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेका छन् । मार्च १ बाट सुरु भएको प्रि–वेडिङ समारोह मार्च ३ सम्म चलेको थियो । यस्तो अवस्थामा हलिउड गायिका रिहानाले पहिलो दिन शानदार प्रस्तुति दिएकी थिइन् तर गायिका आफ्नो प्रस्तुति लगत्तै अमेरिका प्रस्थान गरेकी खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

जसका कारण मानिसहरुको मनमा अनेकौं प्रश्न र उत्तरहरु उब्जिएका छन् । अब गायक बिदा हुनुको कारण बाहिर आएको छ । उनी कारमा साथी मेलिसा फोर्डसँग इन्स्टाग्राम लाइभमा देखिएकी छिन्। हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार यस क्रममा उनीहरु दुवै कुरा गर्दै देखिए । जब रिहानाले सोधियो कि, ‘के साँच्चै लाइभ हुनुहुन्छ ?’ जवाफमा उनी भन्छिन्, ‘मैले भारतमा राम्रो समय बिताएँ। मसँग दुई दिन मात्रै थियो । मेरो भारतबाट छिट्टै प्रस्थान गर्नुको कारण मेरा बच्चाहरू थिए। जसका कारण म चाँडै फर्किनु पर्यो ।’ 

रिहानाले अनन्त–राधिकाको प्रि–वेडिङमा डायमण्ड्स, व्हेयर ह्याभ यू बिन, रुड ब्वाय एन्ड पोउर इट अप जस्ता हिट गीतहरू गाएकी थिइन र अरूलाइ पनि नचाएकी थिइन। जसका लागि यी गायिकाले ठूलो रकम समेत लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।