image
image
अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । आगामी चैत १६ गतेका लागि अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा युनियन हाउस अनामनगर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव समावेश गराएको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साथै, सर्वसाधारण शेयर धनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्डा छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।