image
image
सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । आज सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । आज बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ । सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो।

कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ। यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ। 

तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।