image
image
भिभो भी३० मात्र ६०,९९९ मूल्यमा सार्वजनिक

भिभो भी३० मात्र ६०,९९९ मूल्यमा सार्वजनिक


काठमाडौं । प्राविधिक उत्साहीहरूका लागि बहुप्रतिक्षित स्मार्टफोन भिभो भी३० आक्रामक मुल्य बिन्दुमा आकर्षक विशेषताहरु सहित आधिकारिक रूपमा नेपालमा सार्वजनिक भइसकेको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० मात्र ६०,९९९ मूल्यमा सार्वजनिक गरिएको छ । जसले, स्मार्टफोन फोटोग्राफीमा क्रान्तिकारी रुपमा परिवर्तन गर्ने वाचा गर्दै, जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । यति मात्र नभएर, भी३० लाई प्रतिस्पर्धा बाट अलग बनाउने धेरै सुविधाहरु रहेका छन् ।

यसले प्रारम्भिक रुपमा यसको अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका क्षेत्रहरू र टाँढाको–संवेदनशील प्रकाशको साथ आकर्षक पोट्र्रेट फोटोग्राफी प्रदान गर्दछ ।

भी३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्दछ । यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैनन् । भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । चाहे तपाईं गेमिङ९स्ट्रिमिङ गर्न चाहने वा सामाजिक सञ्जालहरु स्क्रोल गर्न चाहनेहरुले भी३० ले हरेक अन्तरक्रियाहरुलाई एकदमै इमर्सिभ महसुस गराउँछ । यो निकै आकर्षक रहेको छ ।

स्मार्टफोन भी३० सौन्दर्य र प्रविधिको उत्कृष्ट फ्युजन हो । भने, भी३० दुई अद्वितीय रङ भेरियन्टहरू – यूभी लाइटमा गहिरो नीलो रंगमा परिवर्तन हुने पीकक ग्रीन र फ्लोराइट एजी ग्लासबाट बनेको नोबल ब्ल्याकमा उपलब्ध हुने छन् ।

भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ ।

तर यति मात्र होइन – भिभोले प्रि–बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा अझै मीठास् थपेको छ । भिभोले भी३० मा यहि फागुन २४ गते देखि ३० गतेसम्म प्रि–बुकिङ्ग खुल्ला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले ३००० मा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

स्टाइल र पर्फमेन्शमा निपूर्ण तथा सुलभ मुल्यमा उपलब्ध भी३० लाई आफ्नो बनाउने यो सुनौलो अवसर रहेको छ् । ग्राहकहरुले यहि चैत्र १गते देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन् । अनलाइन खरिद गर्न चाहने वा स्टोरमै गएर ह्यान्ड्स–अन अनुभव लिएर खरिद गर्न चाहनेका लागि भिभोले दुवै सुविधा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।