image
image
नौ दशमलव ३३ अङ्कले बढ्यो नेप्से परिसूचक

नौ दशमलव ३३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजारका लगानीकर्ता राजनीतिक घटनाक्रमले प्रभावति भएको झल्को कारोबारमा देखिएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से बढे पनि कारोबार भने अघिल्लो दिनका तुलनामा घट्नुले यस्तो देखाएको हो । आज नेप्से ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा छ । कारोबार रकम भने ३ अर्ब ४५ करोड रुपैयाँ छ । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो । 

बुधबार १३ उपसमूहमध्ये बैंकिङ, जीवन बिमा र म्युचुअल फण्डबाहेका सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह छ । कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ६२ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक बढ्नेमा दोल्ती पावर कम्पनी छ । स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावर र गुर्खाज फाइनान्स पनि बढेका छन् । 

सर्वाधिक कारोबार हुनेमा सोनापुर मिनरल्स, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, एनआरएन इन्फ्रस्ट्रक्चरलगायत छन् । सोनापुरको करिब ६ लाख ५८ हजार कित्ता सेयर ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । शिवम्को २७ करोड ८४ लाखको सेयर कारोबार भएको छ । यस्तै हिमालयन रिको १३ करोड र घोराही सिमेन्टको १२ करोड ९४ लाखको सेयर किनबेच भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।