image
image
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौं । आजदेखि फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

‘आवेदन दिँदा नै खरिद गर्न चाहेको सेयरको शत प्रतिशत रकम धरौटीवापत मुक्तिनाथ क्यापिटलको नाममा खिचिएको गुड फर पेमेन्ट चेक बुझाउनुपर्नेछ’ क्यापिटले सार्वजनिक सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।