image
image
कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्दै

कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्दै


काठमाडौं । कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते बिहान ११ बजेदेखि सो कार्यक्रम सुरु हुनेछ ।ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ ।

 यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वाश लिएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, “यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।”यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिल नाथले भने,  “काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।”ʻकाठमाडौँ इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।