रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक बर्षदेखि ठप्प
रसुवा। कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक बर्षदेखि ठप्प छ । यसका साथै आयात पनि न्यून मात्रामा भइरहेको छ । हाल नाकाबाट दैनिक ५ कन्टेनर मात्र चाइनिज सामान आयात भइरहेको छ।
गत बर्षको माघ १५ देखि प्रभावित भएको आयात सुरुमा हिमपात र ल्होसार पर्वका कारण र पछि कोभिड–१९ का कारण ठप्प हुन पुग्यो । पटक–पटक आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । केरुङभन्दा माथि खासा, न्यालम धिङग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै सामान थन्किएको व्यापारी धर्म पौडेलले बताए ।
एक वर्षदेखि करिब २ सयभन्दा बढी नेपालीका खाली कन्टेनर केरुङमा नै रोकिएका छन् । केरुङमा रोकिएका सामान ल्याउन चिनियाँ भन्सार प्रशासनसँग पहल गरिरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जनाए । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ ।