image
image
२५ प्रतिशत हकप्रद शेयर जारी गर्दै सानिमा जिआईसी

२५ प्रतिशत हकप्रद शेयर जारी गर्दै सानिमा जिआईसी


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड  (SGIC)  ले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।