image
image
कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।बैंकले शेयरधनी नीरप्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको २७ हजार ३३ कित्ता तथा बालकृष्ण दाहालको नाममा रहेको ६१ हजार २६५ कित्ता शेयर बिक्रीमा राखेको हो । 

यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । साथै, तोकिएको समयभित्र खरिदका लागि संस्थापकहरुको आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको तीन हजार ५८७ कित्ता शेयरसमेत बिक्रीमा ल्याएको छ । यसमा संस्थापकभन्दा अन्य व्यक्तिले खरिद आवेदन दिन पाउनेछन् ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।