image
image
सर्वोत्तम सिमेन्ट आजदेखि दोस्रो बजारमा कारोबार हुने

सर्वोत्तम सिमेन्ट आजदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । आजदेखि पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा कारोबारमा आउने भएको छ । सोमबार सूचीकरण भएसँगै आजदेखि कारोबारमा आउने भएको हो । सेयरधनीका डिम्याट खातामा सेयर जम्मा भइसकेको प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण हुँदा सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ ।

न्यूनतम १० पैसा र सोले भाग जाने रकममा कारोबार हुने व्यवस्था रहेकाले यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ, सोही मूल्यलाई पहिलो आधार मान्दै प्रत्येक कारोबारमा २ प्रतिशतका दरले घटबढ हुन सक्नेछ । एक दिनमा १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा भएमा मंगलबार नै मूल्य ६११ रुपैयाँ ६० पैसासम्म पुग्न सक्नेछ ।

कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७.०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।  शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।