सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमा
काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामी हुने भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर २ स्थित रहेको १० रोपनी ९ आना जग्गा र त्यहाँ निर्माणाधीन अपार्टमेन्ट कर्मचारी सञ्चय कोषले लिलाम गर्ने भएको हो। कोषले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कोहिनुर हिल हाउजिङ प्रालि लिलाम गर्न लागेको बताएको छ ।
यो सम्पत्ति किन्न चाहने इच्छुकले ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ। बस्नेतलाई पनि यही अवधिभित्र ऋण तिर्ने अन्तिम समय कोषले दिएको छ। कोषले यस सम्पतिको मूल्य कति हो भन्ने बारे केहि पनि खुलाएको छैन। तथापी कोषले कुल १३ ओटा कित्ता लिलाम गर्न लागेको हो।
बस्नेतले आफ्नो परियोजनाका लागि सञ्चय कोषबाट एक अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रस्ताव स्वीकृत गराएका थिए। तर उनले त्यहाँबाट २३ करोड ७० लाख रुपैयाँ मात्र लैजान पाए। त्यसै बीचमा अन्य बैंकहरुले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेपछि बाँकी ऋण झिक्न पाएका थिएनन।
बस्नेतले साँवा, ब्याज गरेर लगभग ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सञ्चय कोषले जनाएको छ ।