image
image
फागुनसम्म  ६ प्रतिशतले बढ्यो बजारमा नगद परिचालन

फागुनसम्म  ६ प्रतिशतले बढ्यो बजारमा नगद परिचालन

काठमाडौं । बजारमा नगद परिचालन ६ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा फागुनसम्म ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ८ महिनामा नगद परिचालन ६.२५ प्रतिशतले बढेको छ।

यो ८ महिनामा सरकारी कोष २९६.२० प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। माघसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ७८ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

फागुनसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ५६ करोड १९ लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।