image
image
सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

 

काठमाडौं । सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि चैत ८ गते सुनको भाउ प्रतितोला २७ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो।यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।