image
image
नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ  ः कुसुम शाक्य

नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ  ः कुसुम शाक्य


काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र विकासशील श्रेणीमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रको ठुलो भाग कृषि र रेमिट्यान्समा निर्भर रहेको बताएकी छिन् । बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन बुहमुखी क्याम्पसले आयोजना गरेको दुईदिने अर्थशास्त्रसम्बन्धी सम्मेलनको उद्घाटन गर्दै शाक्यले विगतको तुलनामा केही सुधार भएको भएपनि अझै देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताएकी हुन् । 

उनले भनिन्, ‘अहिले पनि नेपालको अर्थतन्त्र कृषि र रेमिट्यान्समा निर्भर रहेको छ ।  विगतको तुलनामा देशले प्रायः आर्थिक रूपमा उदारीकरण पनि नगरेको होइन । उच्च आर्थिक विकास हासिल गर्ने काममा सक्रिय भएकै कारणले होला हामी विश्वका गरिब देशको सूचीमा परेका छैनौं । शाक्यले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २५ प्रतिशत रेमिट्यान्समा निर्भर रहेको उल्लेख गरिन् । 

अन्य विकसित देशहरुसँग नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलना गर्दै उनले भनिन्, ‘विगत ६० वर्षमा नेपालको नाममात्र जीडीपी सन् १९६० को २।६९ अर्ब अमेरिकी डलरबाट ९।२ गुणाले मात्रै बढेर २०१९ मा २४।६ अर्ब अमेरिकी डलर पुगेको छ भने भारत १४९ अर्ब अमेरिकी डलरबाट झण्डै २० गुणाले बढेर चीनबाट २।९६ अर्ब अमेरिकी डलर पुगेको छ । २०२२ मा ८ बिलियन अमेरिकी डलर ५०० ट्रिलियन रहेको छ । नेपालमा दोस्रो ठूलो रकम कृषिले योगदान गरेको छ, जबकि ११ प्रतिशत उद्योग क्षेत्रबाट आएको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।