image
image
सीईओको लागि निफ्राले  खुलायो विज्ञापन, कसले दिन पाउँछ आवेदन ?

सीईओको लागि निफ्राले  खुलायो विज्ञापन, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न विज्ञापन खुलाएको छ । बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले चैत २९ गते ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन अथवा कानुनमा मास्टर्स डिग्री गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अधिकृत तहमा काम गरेको वा बैंकिङ अथवा फाइनान्स सेक्टर, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । चार्टर अकाउन्टेन्सी (सीए्) अथवा ब्याचलर डिग्री व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स,तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा गरेको हुनुपर्छ ।

ठूला पूर्वाधारमा लगानी गर्ने उदेश्यका साथ बैकको स्थापना भएको हो । सरकारले नीतिगतमा रुपमा सहयोग नगरेपछि प्रभावकारी रुपमा बैंकले उपस्थिति देखाउन सकेको छैन ।

माघ पहिलो साता तत्कालीन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका थिए । उनले बैंकले उदेश्य अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् । माघ १ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।