image
image

नेपाली फिल्म ‘प्रेम गीत ३’ नेपाल र भारतमा एक साथ रिलिज हुने 

काठमाडौँ ३० चैत । नेपाली फिल्म 'प्रेम गित ३' नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । यसका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् ।

निर्देशक सन्तोष सेनका अनुसार फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेर सकिएको छ । त्यस्तै यो फिल्म अन्य भाषामा पनि रिलिज गरिने बताए ।२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन् । 

छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन  र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन् ।साथै फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म कोरोनाको कहर हटेपछि  प्रदर्शनमा आउने बताएका छन् ।
    
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।