image
image
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन सेयर बजार परिसूचक घटेको छ । आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो । १३ मध्ये निर्जीवन बीमाबाहेक सबै परिसूचक घट्दा सेयर सूचकमा असर परेको हो । सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको सेयर छ । आज १७२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि मायाखोला हाइड्रोपावरका लगानीकर्ता भने अस्वाभाविकरुपमा फाइदामा रहे । उक्त कम्पनीको सेयरमूल्यमा बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । 

लगातार बढोत्तरीको सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर आज भने घट्नेमा शीर्षस्थानमा रह्यो । घटे पनि सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम नै पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

 यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाखको सेयर किनबेच भएको छ । आज घट्नेमा सर्वोत्तमपछि बोटलर्स बालाजु, सीवाइसी लघुवित्त, थ्रीस्टार हाइड्रोपावर, किसान लघुवित्तलगायत छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।