प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१६ अंकले घटेको छ ।यससँगै सूचक २०१७.१७ बिन्दुमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।१६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।









