image
image
रिडी पावरको हकप्रद शेयर बाँडफाँट, अवितरित हकप्रद लिलाम बिक्री गर्दै

रिडी पावरको हकप्रद शेयर बाँडफाँट, अवितरित हकप्रद लिलाम बिक्री गर्दै


काठमाडौं । रिडी पावर कम्पनीले चैत २० गते, मंगलबार हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका थिए। सोही अनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याका लागि कुनै हद तोकिएको छैन।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।