image
image
विश्वका सबैभन्दा धनी फ्रेन्च अर्वपति बर्नार्डको सम्पत्ति ६ गुणाले बढ्यो, विनोद चौधरीको कति ?

विश्वका सबैभन्दा धनी फ्रेन्च अर्वपति बर्नार्डको सम्पत्ति ६ गुणाले बढ्यो, विनोद चौधरीको कति ?


काठमाडौं । फोर्ब्सका अनुसार नेपालको एकमात्रै डलर अर्वपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन् । उनको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ । गत वर्षभन्दा उनको सम्पत्ति बढेको छैन, स्थीर छ ।

१० वर्षमा चौधरीको सम्पत्ति दोब्बर पनि हुन नसक्दा विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नोल्डको सम्पत्ति भने ६ गुनाभन्दा बढि बढेको छ । सन् २०१५ मा चौधरीको सम्पत्ति १.३ अर्ब अमेरिकी डलर थियो भने सन् २०२४ मा १.८ अर्ब अमेरिकी डलरमात्र पुगेको छ ।

तर, सन् २०१५ मा ३७ अर्ब अमेरिकी डलर सम्पत्ति भएका बर्नार्ड एक दशकमा २३३ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी ब्यक्ति भएका छन् ।

विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्ड आर्नोल्डको सम्पत्ति २२३ बिलियन अमेरिकी डलर रहेको छ । विश्वप्रसिद्ध विभिन्न फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्डले नेटफ्क्सि तथा टिकटकको माउ कम्पनी बाइट डान्समा पनि लगानी गरेका छन् ।

फोर्ब्सका अनुसार नेपालका एकमात्र डलर अर्बपति चौधरीको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र लोकप्रिय वाइ वाइ चाउचाउको निर्माता सीजी फुड्सको हिस्सेदारी हो ।

वाइ वाइ भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन हुन्छ भने इजिप्टमा नयाँ वाइ वाइको नयाँ कारखाना निर्माण भइरहेको छ । यसले ससका उत्पादन सुरू गर्ने लक्ष्य राखेको छ ।

सीजीले आफनै स्वामित्वमा तथा व्यवस्थापनमा कूल १४३ होटलहरू पनि संचालन गर्दछ । जसमा भारतको ताज होटल चेनको साथमा विभिन्न लक्जरी होटलहरू पनि पर्दछन् ।

फोर्ब्सले उल्लेख गरे अनुसार नेपालमा रहेका उनका छोरा निर्वाण र विदेशमा बस्ने राहुल र वरुणले उनलाई समूह चलाउन मद्दत गर्छन् । निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन् ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका हुन् ।अघिल्लो वर्षको तुलनामा यस वर्ष १४१ जना अर्बपति थपिएर विश्वमा २,७८१ डलर अर्बपतिहरू बनेका छन् ।

विश्वका डलर अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरूको सम्पत्ति गत वर्षभन्दा बढ्दा एक चौथाइको घटेको छ । तर, चौधरीको सम्पत्ति गतवर्षको दाँजोमा स्थीर रहेको पनि फोब्र्सले उल्लेख गरेको छ ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।