image
image
माछापुच्छे बैंकले गर्यो क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

माछापुच्छे बैंकले गर्यो क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता


काठमाडौं । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुच्छे बैंक लि।ले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।

फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छे बैंकका मर्चन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर त्तच् भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छे बैंकमा खोलिएको कुनै पनि ग्एक्ष् गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि ग्एक्ष्(भलबदभिम बउउक प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छे बैंकका खातामा सिधै पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पु¥याउने लक्ष्य उक्त बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।