image
image

कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै टेकु अस्पतालका डा. राजभण्डारी

काठमाडौँ माघ १३ । नेपाल सरकारले अनुदानको रुपमा ल्याएको कोरोना  विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउनुहुने भएको छ । धेरै सर्वसाधारणले खोप प्रति शंका उपशंका  व्यक्त गरेकाले खोप आफूबाट नै सुरु गर्न लागिएको बताउनु भयो ।
 
 उहाँले भन्नुभयो, ‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुन्छ, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको कुरा पनि उहाँले बताउनु भयो ।
 
बुधबारदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएकाे स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिने जनाएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।