image
image
विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क

विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क

काठमाडौं । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् ।

ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचिमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् ।उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ ।

त्यसैगरी यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ । उनले २०२० पछि मस्कलाई जितेका छन् ।

यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ । मस्कको एक बर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ ।त्यस्तै यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन् ।

त्यस्तै भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित यस सूचीमा ११औं स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औं स्थानमा रहेका छन् ।
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।