image
image
एनआईसी एशिया बैंकले ल्यायो छूट योजना

एनआईसी एशिया बैंकले ल्यायो छूट योजना


काठमाडौं । देशमा आर्थिक शिथिलताका कारण ग्राहकमा पर्न गएको असरलाई कम गर्न भन्दै छूट योजना घोषणा गरेको छ । बैंकले २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरणमा परेका कर्जाको हकमा यो व्यवस्था गरेको हो ।

ऋणीले २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा भुक्तान गरेमा यस अवधिसम्मको जरीवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट र ब्याज रकममा समेत छूट दिइने बताएको छ । बैंकका अनुसार ब्याजको हकमा कमसल कर्जामा १०, शंकास्पदमा १५ र खराब कर्जामा २० प्रतिशत छूट दिने बैंकले जानकारी दिएको छ ।

बैंकले ल्याएको यस छूट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न सहयोग पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।