image
image
तेस्रो लगानी सम्मेलनः चिनियाँ लगानीकर्तासँग ३ आयोजनाको पीडीए गर्ने तयारी

तेस्रो लगानी सम्मेलनः चिनियाँ लगानीकर्तासँग ३ आयोजनाको पीडीए गर्ने तयारी

काठमाडौं । लगानी सम्मेलनमा ३ वटा आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी भएको छ । एउटा आयोजनासँग पीआईए हुने भएको छ । लगानी बोर्डको कार्यालयले चीन नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी–२ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजनासंग पीडीए गर्न लागेको हो । डाबर नेपालसंग पीआईए गर्न लागेको हो ।

औद्योगिक पार्क निर्माणका लागि चिनियाँ कम्पनीसंग सम्झौता गर्न लागिएको हो । ३२७ मेगावाटको अप्पर मर्स्याङदी–२ जलविद्युत् आयोजना बुटवल पावर कम्पनीसंग मिलेर तीन चिनियाँ कम्पनीले निर्माण गर्न लागेका हुन् । यो आयोजनामा सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर हुनेछ । मनाङमा पहिचान भएको यो आयोजना अर्ध–जलाशय प्रकृतिको आयोजना हो । जसको विस्तृत अध्ययन पूरा भएको छ ।

२५० मेगावाटको सोलारको आयोजना हङकङको कम्पनीसंग सम्झौता गर्न लागिएको छ । आयोजना कोहलपुर र बाङगंगामा निर्माण हुनेछ । यो ब्याट्री स्टोरेज सोलार आयोजना हो । स्टोरेज क्षमता ४० मेगावाट हुनेछ । सोलारका आयोजनाहरु नेपालमा भृएपनि स्टोरेज प्रकृतिको निर्माण हुन सकेको छैन । डाबर नेपालले क्षमता अभिवृद्धि र उत्पादनमा विविधीकरणका लागि सम्झौता गर्न लागेको हो ।लगानी बोर्डको कार्यालयको एक अधिकारी अनुसार बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा ४ आयोजनासंग सम्झौताको अन्तिम तयारी भएको हो । 

उनका अनुसार लगानी बोर्डको कार्यालयमा १३३ वटा आयोजना लगानी सम्मेलनमा सो–केस गर्ने प्रारम्भिक छनोटमा परेका छन् । तर कुन कुन आयोजना सो–केस गर्ने भन्ने अन्तिम निर्णय हुन बाँकी छ । २१ वटा आयोजनाको आशयपत्र मागिने भएको छ । २७ वटा आयोजनामा लगानी खोजिनेछ । १८ वटा आयोजना निजी लगानी खोजिनेछ । निजी क्षेत्रका ८ वटा आयोजनाहरु प्रारम्भिक छनोटमा परेका छन् । स्थानीय तहका ४ वटा र अन्य ९ वटा आयोजनाहरु प्रारम्भिक छनोटमा परेका छन् । ३७ आयोजना विचाराधीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।