image
image
एडिबीद्वारा एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिकः नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

एडिबीद्वारा एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिकः नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य  सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।जुन गत आर्थिक वर्ष (२०७९÷८०)को अनुमानित वृद्धि १.९ प्रतिशतभन्दा तुलनामा केही बढी हो । नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको बताए । 

उनले भने, ‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०÷८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक वर्ष २०८१÷८२ मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’

बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वद्धिले पनि गति लिने जनाएको छ । धान उत्पादनमा वद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९÷८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ । 

एसियन डेभलपमेन्ट आउटलुक २०८।०८१का अनुसार, पेटोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फिति न्यनीकरणसँगै नेपालमा औसत मद्रास्फिति आर्थिक वर्ष २०७९।८० को ७।७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा ६.५ प्रतिशतमा झर्ने बताइएको हो । 

अगामि आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनामा चालु खाता पुनः घाटामा जानसक्ने बताएको बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०÷८१ मा ४.७ प्रतिशले घटेको छ जनाएको छ । 

’विश्व अर्थतन्त्रमा देखापर्नसक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०।८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने । 

गहिरिदो भूराजनीतिक हलचलले आपूर्ति श्रृंखलामा हुनसक्ने अवरोधले विश्वव्यापी मुद्रास्फिति र वित्तीय अवस्थामा कडाइ गर्नसक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्नसक्छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका ४९ सहित ६८ सदस्यहरूको स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।