image
image
नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

काठमाडौं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर–२०८०’ योजना ल्याएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ । यो योजना ३० चैत ०८० देखि लागू भइसकेको छ ।

यस योजनाअन्तर्गत १८ रुपैयाँमा २५ मिनेट र ३५ रुपैयाँमा दुई घण्टासम्म सबै नेटवर्कमा कुराकानी गर्न सकिनेछ । साथै, नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४ सय मिनेट अल नेट भ्वाइस प्याक पाँच सय ९९ रुपैयाँमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, नयाँ डेटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस र डेटा उपलब्ध हुनेछ । त्यसैगरी, २० रुपैयाँमा एक दिनका लागि ६ सय एमबी डे डेटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुने बताइएको छ । यीबाहेक तीन सय ९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याकसमेत खरिद गर्न सकिनेछ ।

जिएसएम टुजी वा थ्रिजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसरी टुजी वा थ्रिजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा तीन जिबी डेटा, सय मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।