image
image
प्रभु इन्स्योरेन्सले बोलायो एजिएम, के के छन् एजेण्डा

प्रभु इन्स्योरेन्सले बोलायो एजिएम, के के छन् एजेण्डा


काठमाडौं । प्रभु इन्स्योरेन्सको वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश सम्बन्धि प्रस्ताव पनि पेश गर्ने छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४।७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । 

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।