image
image

नेप्से परिसूचक १७ अंकले घट्यो

काठमाडौं माघ १२ ।  आज  साताको तेस्रो दिन मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।




होटल र फाइनान्सले कमाए, कुनलु गुमाए ?

नेप्सेमा कारोबार हुने होटल र फाइनान्स समूहका लगानीकर्ताहरुले भने बुधबार कमाएका छन् । होटल समूहको परिसूचक ५४ दशमलव ०५ अंकले बढेर २ हजार ७२ दशमलव ८८ अंकमा पुगेको छ । उता फाइनान्स कम्पनीको १३ दशमलव ०७ अंकले उकालो लागेर १ हजार १ सय ७७.०१ अंकमा पुगेको छ ।

बाँकी सबै सबइनडेक्सहरु भनेर घटेर राताम्मे देखिएका छन् । बैंकिङ इन्डेक्स ६.८१ अंकले ओरालो लागेको छ भने व्यापार ९२ दशमलव ४२ अंकले घटेको छ । विकास बैंक २९ दशमलव ४८ अंकले ओरालो लागेको छ भने हाइड्रोपावर २७.५ अंकले ओरालो लागेको छ ।

यसैगरी निर्जिवन बिमा ९८.५७, उत्पादन मूलक ४१.८७, लघुवित्त ५९.७२, जीबन बिमा ४१.०९ र म्युचुअल फण्ड ०.०३ अंकले ओरालो लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।