image
image
प्राइम कमर्सियल बैंकले नौ महिनामा कति कमायो नाफा ?

प्राइम कमर्सियल बैंकले नौ महिनामा कति कमायो नाफा ?


काठमाडौं । प्राइम कमर्सियल बैंकको २ अर्ब ८७ करोड ८७ लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले आज तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढाएको उल्लेख गरेको हो । बैंकले गत वर्षको समीक्षा अवधिमा २ अर्ब ४६ करोड ७५ लाख रुपियाँ नाफा कमाएको थियो । 

वित्तीय विवरण अनुसार बैंकले ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड करोड र सञ्चालन नाफा ४ अर्ब ११ करोड रहेको उल्लेख छ । 

बैंकको वितरणयोग्य नाफा ३१ करोड ३३ लाख छ । प्रतिशेयर आम्दानी १९.७८ रुपियाँ र मूल्य आम्दानी अनुपात ९.६० गुणा र प्रतिशेयर नेटवर्थ १५४.६० रुपियाँ छ । त्यस्तै बैंकको खराब कर्जा ४.२९ प्रतिशत छ । बैंकको हाल कायम चुक्ता पूँजी १९ अर्ब ४० करोड र जगेडा कोष १० अर्ब २८ करोड रहेको वित्तीय विवरणमा उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।