image
image
तेस्रो त्रैमासः एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख

तेस्रो त्रैमासः एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख


काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ  कमाएकोे छ । बैंकको आज प्रकाशित वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले घटेको हो।

 गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत रहेको छ । 

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण बैंकको खुद नाफा कम हुन गएको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ। 

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।